कात्तिक २४ गते अर्थात शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘रोमियो’ सबै बर्गका दर्शकले हेर्न पाउने भएका छन् । फिल्मको मंगलबार सेन्सर गरिएको हो ।

हसनराजा खान, निशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु मुख्य भूमिकामा रहेको फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । फिल्म हेरिसकेपछि सेन्सरबाट पनि उत्कृष्ट प्रतिक्रिया आएको भन्दै हसनले खुशी व्यक्त गरे । उनले, दर्शकले पनि फिल्मलाई मन पराउने विश्वास व्यक्त गरेका छन् ।

यो फिल्ममा अभिनेत्री नीशा अधिकारी ‘कल गल’को भूमिकामा छिन् । उनै, नीशाको प्रेममा रोमियो परेपछि आउने उतारचढावमा फिल्म निर्माण भएको छ । लभस्टोरी फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेकाले पनि यो फिल्म चल्नेमा हसन आशावादी छन् । फिल्ममा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत हिट भैसकेको छ ।

For More videos Log on to Mazzako TV