फिल्म रिलिज अगावै नेपाली फिल्म वृत्तमा एक अभिनेत्रीको खुबै चर्चा छ । उनको नाम हो, अदिती वुढाथोकी । अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’मा काम गरेकाले पनि अदिती यति धेरै चर्चामा छिन् ।

उनै, अदितीलाई भारतको एक चर्चित अनलाइनले बलिउडकी अभिनेत्री सन्नी लियोनीसँग तुलना गरेको छ । एवीपी न्यूजले सन्नी लियोनीलाई तै मात खुवाउन सक्ने नेपालकी अभिनेत्री भन्दै उनको फोटो फिचर समावेश गरेको छ ।

बलिउड मिडियाले अदितीको बारेमा एउटा झुट समाचार भने छापेको छ । अदितीले नेपालमा धेरै हिट फिल्म दिएको बताएपनि उनको आजसम्म कुनै पनि फिल्म रिलिज भएको छैन ।

अदितीले इन्स्ट्राग्राममा पोष्ट गरेको तस्बिर भाइरल हुने गरेको भन्दै उनको ३ लाख फलोअर्स रहेको मिडियामा उल्लेख छ ।

For More videos Log on to Mazzako TV