अभिनेत्री स्वेता खड्का फिल्म निर्माणसँगै समाजसेवामा पनि व्यस्त छिन् । स्वेताले अहिले सिन्धुपाल्चोकको माझी बस्तीमा ‘एकिकृत माझी बस्ती’ निर्माण गरिरहेकी छिन् । उनै, स्वेताको माझी बस्ती निर्माणका लागि कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मेला’का प्रस्तुतकर्ता हरि पन्तले ५१ हजार रकम सहयोग गरेका छन् ।

उनले, स्वेताको हातमा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । फिल्म निर्माणसँगै समाजसेवा पनि आफूलाई मनपर्ने भन्दै उनले फिल्म क्षेत्रकै एक अभिनेत्रीको काममा सहयोग गरेको बताए ।

स्वेताले पनि बस्ती निर्माणमा यो रकम निकै महत्वपूर्ण हुने भन्दै ‘स्वेता श्री फाउन्डेशन’ले माझी बस्तीमा तोकिएको समयमा नै निर्माण हुने बताइन् । बसन्त निरौला निर्देशित फिल्ममा अशिष्मा नकर्मी, सलोन बस्नेत र आमेष भण्डारीको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV