निर्देशक अपिल विष्टले निर्देशन गर्ने नयाँ फिल्म ‘कागजपत्र’ को औपचारिक घोषणा गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्म ‘कागजपत्र’ को औपचारिक घोषणा गरिएको हो । यसै साताबाट छायाँकन सुरु हुने फिल्म ‘कागजपत्र’ का कलाकार तथा प्राविधिकहरुको नाम समेत सार्वजनिक गरियो । यसअघि फिल्म ‘झुम्की’ निर्देशन गरेका लेखक तथा निर्देशक विष्टले फिल्म हाँस्य रस र समाजिक ब्याङ्ग्य आधारित रहने बताए ।

वल्र्ड वाईड फिल्म र औष फिल्मको संयुक्त ब्यानरमा बन्ने फिल्ममा भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन, शिल्पा मास्के लगायत कलाकारहरुको अभिनय रहनेछ । फिल्मको सम्पूर्ण छायाँकन दाङमा हुनेछ । खिलेन्लेन्द्र तिमल्सीना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीको लगानी रहने ‘कागजपत्र’ मा बिषारद बस्नेत कार्यकारी निर्माता रुपमा छन् ।
संगीत सापकोटाको संगीत, अष्ट महर्जनको द्धन्द रहने फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहनेछ । फिल्मलाई अष्ट्रेलियाबाट आएका क्यासिमिर डिक्शनले खिच्नेछन् । आर्जेश रेग्मी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, रञ्जना ओली, विशाल पहारी, भरत सापकोटा, भीम मैनाली, लोकेन्द्र लेखक र उज्जवल शर्माको समेत फिल्ममा अभिनय रहनेछ ।

For More videos Log on to Mazzako TV