अभिनेत्री ऋचा सिंह ठकुरी फिल्म ‘सुपर गोर्खे’बाट नेपाली फिल्म नगरिमा फेरि कमब्याक गर्दैछिन् । यो फिल्मको टिजर सार्वजनिक भएपछि कस्तो कथामा फिल्म बनेको रहेछ भन्ने वुझ्न धेरै घोत्लन पर्दैन ।

कुनै समय ऋचा नेपाली फिल्म क्षेत्रमा रोमान्टिक अवतारमा देखिएकी थिइन् । निर्देशक विकास आचार्यले छोरी भनेर फिल्म क्षेत्रमा भित्राउँदै गर्दा ऋचालाई दर्शकले ‘नाई नभन्नु ल’मा खुबै रुचाएका थिए ।

यसपछि, उनले केही फिल्ममा अभिनय गरेपनि ती फिल्म चलेनन् । फिल्म नचलेपछि ऋचा पनि चलिनन् । यसपछि बिहे बन्धनमा बाधिएर फिल्म क्षेत्रबाट हराएकी ऋचा सुपर गोर्खेबाट निर्मात्री बनेकी छिन् भने अभिनेत्रीको रुपमा कमब्याक गर्दैछिन् । बिहेपछि हराएर फेरि फिल्म क्षेत्रमा आउने अभिनेत्रीको करिअर सफल भएको पाइदैन । ऋचाको ‘सुपर गोर्खे’ कमब्याकले उनलाई फेरि पहिलेकै स्थान देला त ?

For More videos Log on to Mazzako TV