अभिनेता आर्यन सिग्देल करिअरको जोखिम मोडमा छन् । कारण, उनी अभिनित फिल्महरुले बक्स अफिसमा कुनै धमाका मच्चाएका छैनन् । यसैले पनि आर्यनलाई हिट फिल्म आवश्यक छ । अभिनेत्री रेखा थापासँग करिब ८ बर्षपछि पर्दा शेयर गरेपनि आर्यनका लागि उनी गुड लक बन्न सकिनन् । यसैले पनि आर्यन अहिले करिअरमा सेफ ल्याण्डिङको खोजीमा छन् ।

यहीकारणले पनि हुन सक्छ, आर्यन अहिले आफ्नै ब्यानरबाट फिल्म बनाउने तयारीमा छन् । आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा उनले बनाउन लागेको फिल्मका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुराकानी गरेका छन् । साम्राज्ञीसँग कुराकानी भएपनि उनी फाइनल भने भएकी छैनन् ।

तर, साम्राज्ञी काम गर्न इच्छुक रहेको बताइन्छ । आर्यन अब अहिलेकी हट केक अभिनेत्रीसँग पर्दा शेयर गर्दै हिट फिल्म दिन चाहन्छिन् । यदि, आर्यनको फिल्म खेल्न साम्राज्ञी इच्छुक भएको खण्डमा के यी दुइको जोडी पर्दामा सुहाउला त ?

For More videos Log on to Mazzako TV