माघ १२ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ह्याप्पी डेज’ को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘तिमी बिना’ बोलको गीतमा सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका प्रियंका कार्की र नायक संजय गुप्ता फिचरिंग छन् । तारा प्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा दिपा लामा र संगीतकार लिम्बुले स्वर दिएका छन् । फिल्मका निर्देशक मिलन चाम्सले भिडियोको कोरियोग्राफी गरेका छन् ।

सम्पूर्ण छायाँकन युकेमा गरिएको फिल्म ‘ह्याप्पी डेज’ मा अभिनेता दयाहाङ राई, प्रियंका र संजय मुख्य भूमिकामा प्रस्तुत भएका छन् । निर्देशक चाम्सले ह्याप्पी डेज ले नेपाली फिल्मको प्रवद्र्धनमा सहयोग पुर्याउने बताए । ‘लण्डन सिने आइ’ प्रोडक्सन, र ‘चाम्स ईन्टरनेटमेन्ट’ को संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको लगानी मात्रै साढे दुई करोड भनिएको छ । भिडियो :

For More videos Log on to Mazzako TV