कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मेला’को प्रचारमा अहिले यसका मुख्य कलाकार आमेष भण्डारी र अशिष्मा नकर्मी मात्र हिडिरहेका छन् । फिल्मको प्रचारमा अभिनेता सलोन बस्नेतले वास्ता गरेनन् ।

बसन्त निरौला निर्देशित फिल्मलाई हरि पन्तले निर्माण गरेका हुन् । फिल्मको प्रचारमा हिडेका दुई कलाकार फिल्म चल्नेमा ढुक्क छन् । आमेष भन्छन्–‘फिल्म हेर्ने संकार बसाल्न जरुरी छ । हामीले नेपाली फिल्मलाई माया नगरे कसले गर्ने त ?’

अभिनेत्री अशिष्मा नकर्मी पनि फिल्म ‘मेला’ले जीवनको यात्रालाई चित्रण गर्ने बताउँछिन् । जसरी, एउटा मेलामा मानिन्छ भेटिन्छन् र छुटिन्छन् । त्यस्तै, फिल्ममा पनि ३ पात्रको मिलन र विछोडको कथालाई उठान गरिएको छ, अशिष्मा भन्छिन् ।

अभिनेता सलोन बस्नेतले फिल्मको प्रचारमा साथ नदिएपनि आमेष र अशिष्मालाई उनलाई खुबै मिस गरेको बताए । यो फिल्म चलेको खण्डमा आमेष र अशिष्माको करिअरलाई नै फाइदा हुनेछ ।

For More videos Log on to Mazzako TV