हिजोआज युटुबको जमाना भएर पनि होला, नेपाली फिल्मका निर्मातालाई आफू निर्मित फिल्मको कुनै गीत नेपाल ट्रेन्डिङको नम्बर १ मा आयो भने त्यो भन्दा खुशी अरु केही कुरामा हुँदैन ।

अभिनेत्री तथा निर्मात्री स्वेता खड्कालाई पनि अहिले यस्तै भएको छ । ३ दिन अगाडि सार्वजनिक भएको फिल्म ‘कान्छी’को ‘चरी चट्ट परी भूरुरु’ बोलको गीत नेपालको ट्रेन्डिङ नम्बर १ मा आएको छ । २४ घन्टामै ४ लाख बढी भ्यूज पाएर रेकर्ड ब्रेक गरेको यो गीतले अब नेपाली दर्शकको मन पनि राम्रैसँग जितिरहेको छ ।

राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको यो गीतमा अन्जु पन्तको पनि आवाज छ । गीतको भिडियामा फिल्मका मुख्य कलाकार स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरीको मुख्य भूमिका छ । माघ २६ गतेबाट रिलिज हुने फिल्मको गीतको चर्चाले फिल्मलाई फाइदा हुने निश्चित छ ।

For More videos Log on to Mazzako TV