कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सकस’ को आइटम गीत सार्वजनिक भएको छ । केशव जोशी ‘आकाश’ शब्द, जुनु रिजालको स्वर रहेको ‘शिला गजब छ’ बोलको गीतमा चेतन सापकोटाले संगीत भरेका हुन् । गीतमा अभिनेता सुन्दर श्रेष्ठ, प्रज्ज्वल गिरी, प्रिया रिजाल लगायतका कलाकारहरु फिचरिङ छन् ।


दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’ का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।
राजधानीमा फस्टाउँदै गएको गुण्डागर्दीको कथावस्तुमा आधारित यो फिल्मलाई द्वन्द्व निर्देशक एनवी महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मको कथा मौनत श्रेष्ठको हो ।

For More videos Log on to Mazzako TV