अभिनेता बिपिन कार्की अभिनित फिल्म ‘नाका’ को फस्र्टलुक टिजर सार्बजनिक गरिएको छ । केहि दिन अघि मात्र आफ्नो पारिश्रमिलाई बढाएका बिपिन यस फिल्ममा पनि भिन्न अवतारमा प्रस्तुत छन् । बिपिनलाई फिल्म क्षेत्रमा फरक फरक अभिनयमा माहिर अभिनेताको रुपमा चिनिने गरिन्छ । फिल्म ‘नाका’ को टिजरमा बिपिन कुनै नाकाको एक गुण्डा पात्रको रुपमा रहेको बुझ्न सकिन्छ ।


नाकामा हुने बिभिन्न अबैध धन्दा र गुण्डागर्दीको बिषयलाई फिल्मको टिजरमा देखाइएको छ । बिपिन कार्की, थिन्ले लाह्मो, रोबिन तामाङ, शिब मुखिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्म फाल्गुन १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने छ ।

For More videos Log on to Mazzako TV