अभिनेत्री रजनी केसी अभिनित फिल्म ‘पटुकी’ को प्रदर्शन मिति तय भएको छ । राम नेपाको निर्देशित फिल्म ‘पटुकी’ यही वर्षको पौष १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने पक्का भएको हो । फिल्म ‘ब्रासलेट’ पछि ‘पटुकी’ लिएर आउन लागेकी रजनीले गएको साता पोस्टरको लागि फोटो सुट समेत गराइन् ।


फिल्ममा रजनीसँगै कलाकार जेम्स विसी र निर्माता कालुको मुख्य भूमिका छ । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । राजनराज सिवाकोटीको संगीत रहेको पटुकी मा लक्ष्मण घिमिरेको छायाँकन रहेको छ ।

For More videos Log on to Mazzako TV