अभिनेत्री झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । नव नायक सलिनमान बनियाँ तथा नायिकका साम्राज्ञीराज्य लक्ष्मी शाह अभिनित फिल्मले नेपालबाट राम्रो प्रतिक्रिया पाएको थियो । अब यो फिल्म अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन हुने भएको हो । अस्ट्रेलियाको तासमानियामा १२, सिड्नीमा १८ र मेलबर्नमा १९ नोभेम्बरमा चलचित्र प्रदर्शन हुने बताइएको छ ।

नेपालबाट अभिनेत्री, निर्देशक झरना थापा र फिल्मकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह जादै छन् । ‘हो र हैन होला’ इभेन्ट्सले सिड्नी अनि मेलबर्नमा र ‘तास’ इभेन्ट्सले तासमानियामा सो आयोजना गर्न लागेको हो । सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा सलिनमान, साम्राज्ञीसंगै, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV