कात्तिक २४ गते बाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘रोमियो’ को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यस अघि नै लिरिकल गीत रिलिज भैसकेको ‘तिम्रै यादमा’ बोलको स्याड गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा अभिनेत्री निशा अधिकारी, अभिनेता हसन राजा खान र ओशिमा बनु फिचरिङमा छन् । शब्द संगीत तथा स्वर कुर्बान अलि खान तथा अम्रिता लिम्बुको रहेको गीतले मन छुन्छ ।

शंकर कार्की निर्दे्शित फिल्म ‘रोमियो’ मा हसनराजा, नीशासंगै मेलिना मानन्धर, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । तारा प्रकाश लिम्बु, सुनिल सण्डे, कुर्बान खान र योगेश काजी को संगीत रहेको फिल्ममा आष्ट महर्जनको एक्सन रहेको छ । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको फिल्म निर्माणमा हसनसँग आशिका श्रेष्ठ र विष्णु कार्कीले सहकार्य गरेका छन् ।

For More videos Log on to Mazzako TV