अभिनेत्री बर्षा सिवाकोटीको फिल्मी करिअर सुखद छैन । कारण, उनी अभिनित फिल्मको व्यापार हेर्ने हो भने निकै कमजोर छ । सफल मानिएका केही फिल्ममा पनि उनको योगदान खासै छैन ।

बर्षा फिल्म क्षेत्रमा खासै चर्चामा नहरेपनि उनको हातमा फिल्मको खासै अभाव भने छैन । बर्षा अब फिल्म ‘भैरे’मा काम गर्ने तयारीमा छिन् । सूर्य बोहराको निर्देशनमा तयार हुन लागेको फिल्ममा बर्षा देखिनेछिन् । फिल्मका लागि दयाहाङ राइसँग कुरा भैरहेपनि उनी फाइनल नभएको जानकारी प्राप्त भएको छ । फिल्ममा वुद्धि तामाङ पनि मुख्य भूमिकामा हुनेछन् । यो फिल्मको छायांकन मंसिर १ गतेबाट सुरु गरिनेछ ।

यस अगाडि फिल्म ‘ठूली’ निर्माण गरेका सूर्यले केही समयको ग्यापपछि ‘भैरे’ बनाउन लागेका हुन् । अभिनेत्री बर्षाले आफूले फिल्ममा संझौता गरिसकेको बताइन् ।

 

For More videos Log on to Mazzako TV