ट्रेलर सार्वजनिक भएसंगै चर्चामा रहेको फिल्म ‘झ्यानाकुटी’ ले ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ मार्फत रु. ५१ हजार दिने अवसर ल्याएको छ । फिल्मकी निर्मात्री निशा अधिकारीले ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ मार्फत रु. ५१ हजार प्रदान गर्ने बताइन् । प्रिती नुडल्ससँग सहकार्यमा आफ्नो मनपर्ने केटा साथी वा प्रेमिकाले प्रेमीलाई वा श्रीमतिले श्रीमानलाई काधँमा बोकेको तश्वीर फेसबुकमा अपलोड गरेर सर्वाधिक वर्जिनल लाइक पाउने जोडीलाई ५१ हजार नगद हस्तारण गर्ने निशाले बताइन् । अहिले सम्म निकै धेरै रमाईला फोटोहरु सामेल भएकाले फन्नि लागेको निशाले बताईन् ।


आलु प्रोडक्सनको प्रस्तुती रहेको फिल्म ‘झ्यानाकुटी’ आउँदो मंसिर १ गतेदेखि प्रदर्शनमा आउँदैछ । सिमोस सुनुवारनिर्देशित फिल्ममा सौगात र वेनिशासँगै पुष्कर गुरुङ, अष्टल गुरुङ, सुमी मोत्तान, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको लेखन रहेको ‘झ्यानाकुटी’ लाई हरी हुँमागाईंले खिचेका हुन् । ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ मा कसरी बोक्ने हेर्नुस् भिडियो :

बेनिशाले सुमीलाई बोक्ने हुदाँ यसरी लडाईन् हेर्नुस् मज्जाको भिडियो :

 

For More videos Log on to Mazzako TV