कोहिनूर पछि कम ब्याक गरेकी अभिनेत्री श्वेता खड्काको ‘कान्छी’ गीतको भिडियोलाई रुचाएको छ । बिहिबार साँझ चार बजे अपलोड गरिएको ‘कान्छी’ को ‘चरी चट्ट परी’ गीतको भिडियोलाई झण्डै साढे चार लाखले हेरेका छन् । अभिनेता दायाहाङ राईसँग श्वेताको केमेष्ट्रीलाई निकै मज्जाको प्रतिक्रिया समेत मिलेको छ । एक हजार बढी गीतको भिडियोमा प्राप्त प्रतिक्रियामा धेरैले दया र श्वेताको जोडीलाई वेस्ट भनेका छन् । भिडियोमा १२ हजार त लाइक मात्रै छ भने तीन सय बढीले डिसलाइक गरेका छन् ।

गीतमा अञ्जु पन्तको फिमेल भोकल छ भने कोरियोग्राफी वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले छन् । फिल्मका छायाँकार पुरुषोत्तम प्रधान हुन् । आकाश अधिकारी निर्देशित कान्छी लाई माघ २६ गते देशभर प्रदर्शन गर्ने घोषणा गरिएको छ । फिल्ममा श्वेता र दयासँगै नीर शाह, प्रज्जवल सुजल गिरी, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायत कलाकारहरुको अभिनय छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि कान्छी मार्फत फिल्म निर्माण र अभिनयमा फर्किएकी श्वेताको यो पछिल्लो फिल्मलाई निकै महत्वका साथ हेरिएको छ । फिल्मको सम्पूर्ण छायाँकन सकेर पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको चरी चट्ट भिडियो यस्तो बनेको छ :

For More videos Log on to Mazzako TV