फिल्म ‘पशुपति प्रसाद’बाट एकाएक फिल्म क्षेत्रमा उदाएका अभिनेता विपिन कार्कीलाई फिल्म ‘जात्रा’ले उचाइमा पु¥याइदियो । यसपछि, यी अभिनेता डिमाण्ड फिल्म क्षेत्रमा खुबै छ । दयाहाङ राई र सौगात मल्लपछि थिएटरबाट आएर चलेका अभिनेता विपिन हुन् ।

अब, विपिनले एक फिल्मका लागि निकै महंगो पारिश्रमिक लिएका छन् । निर्देशन निश्चल बस्नेतको निर्देशनमा तयार हुन लागेको फिल्म ‘फनफनी’मा विपिनले १७ लाख २५ हजार बराबरको पारिश्रमिक लिएका छन् ।

यति पारिश्रमिक लिएपछि विपिनले अब यो फिल्म रिलिज नभएसम्म अर्को फिल्ममा काम गर्न पाउने छैनन् । यस्तै, यो फिल्मका निर्देशक निश्चल बस्नेतले पनि २५ लाख पारिश्रमिक लिएका छन् । उनले पनि यो फिल्मको रिलिज अगाडि अर्को फिल्म निर्देशन गर्न पाउने छैनन् ।

For More videos Log on to Mazzako TV