शुक्रबार नयाँ फिल्म रिलिज हुने परम्परालाई निरन्तरता दिदै आजबाट एक मात्र नेपाली फिल्म रिलिज भएको छ । अर्जुन कुमारको निर्माणमा निकेश खड्काले निर्देशन गरेको यो डार्क कमेडीको फिल्मलाई काठमाण्डौका मल्टिप्लेक्सले उच्च शो दिएका छन् ।

फिल्ममा सौगात मल्ल, कामेश्वर चौरासिया, प्रियंका कार्की, दयाहाङ राई, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । पहिलो फिल्म ‘जिन्दगी रक्स’बाट बक्स अफिसमा चिप्लिएका निकेशका लागि पनि यो फिल्मको व्यापार उत्कृष्ट हुन जरुरी छ ।

यस्तै, बक्स अफिसमा असफल हुँदै आएका सौगात मल्ल र ठूला ब्यानरका कारण मात्र हिट बन्दै आएकी प्रियंकाका लागि पनि यो फिल्म चल्न जरुरी छ । फिल्मको कमेडी ट्रेलरले दर्शकलाई आकर्षित गरिसकेको छ ।

For More videos Log on to Mazzako TV