अभिनेता दयाहाङ राई तथा अभिनेत्री श्वेता खड्का अभिनित ‘कान्छी’ मा समावेश गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्ययक्रमको आयोजना गरि फिल्मको ‘चरी चट्ट परि’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा दयाहाङ र श्वेताको नृत्य निकै मज्जाको छ । राजराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा उनलाई स्वरमा गायिका अञ्जु पन्तले साथ दिएकी छिन् ।

भिडियोको कोरियोग्राफी वसन्त श्रेष्ठले गरेका हुन् । आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’ मा दया र श्वेताको साथमा अनु शाह, प्रज्जल सुजल गिरी लगायतका कलाकारको अभिनय छ । फिल्म माघ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ । ‘कान्छी’ मा राजराजसँगै अर्जुन पोखरेलको संगीत रहेको छ भने रविन खड्का र शैलेस खड्का निर्माताको रुपमा छन् । भिडियो : 

 

For More videos Log on to Mazzako TV