फिल्म ‘छक्का पञ्जा’ मा समावेश ‘पुर्व पश्चिम रेल’ बोलको गीत २ करोड क्लबमा प्रवेश गरेको छ । राजन राज सिवाकोटीको शब्द संगीत तथा स्वर रहेको ‘पुर्व पश्चिम रेल’ गीतलाई २ करोड भन्दा बढि पटक हेरिएको हो । गीतमा सिवाकोटीलाई स्वरमा अन्जु पन्तले साथ दिएकी छिन् । यस अघि सिवाकोटीकै शब्द संगीत तथा स्वर रहेको फिल्म ‘दुई रुपौँया’ मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले ३ करोड भ्युवर्स पार गरिसकेको छ । त्यस्तै सिवाकोटीकै ‘वडा नम्बर छ’ मा समावेश ‘सुर्के थौली’ बोलको गीतले पनि २ करोड भ्युवर्स पार गरिसकेको छ ।

‘पुर्व पश्चिम रेल’ २ करोड क्लबमा प्रवेश गरेसंगै सिवाकोटीका तिन वटा गीत २ करोड भन्दा धेरै पटक हेरिएको छ ।

For More videos Log on to Mazzako TV