नेपाली फिल्म क्षेत्रका कलाकारहरु बलिउडमा काम गर्ने चाहनामा दौडिएका हुन्छन् । केहीको सपना अमेरिकामा नै जीवन बिताउने हुन्छ भने केहीको चाहना बलिउडसम्म पुग्ने हुन्छ । अभिनेत्री मनिषा कोइरालाले सफलता पाएपनि अन्य केही अभिनेत्रीहरुको प्रयास सफल हुन सकेन ।

अब, अर्की एक अभिनेत्री पनि बलिउड फिल्ममा पाइला राख्दैछिन् । पूर्व मिस नेपाल समेत रहेकी श्रृष्टी श्रेष्ठले अब बलिउडको चर्चित ब्यानर यशराजसँग काम गर्ने भएकी छिन् । उनले, ‘सन्दिप और पिंकी फरार’ नामक फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेकी हुन् ।

यो फिल्मको छायांकन नेपालको वैतडी जिल्लामा हुँदैछ । यसका लागि फिल्मका मुख्य कलाकार अर्जुन कपुर र परिणिती चोपडा नेपाल आउँदैछन् । फिल्मको लागि श्रृष्टी अडिसन दिन मुम्बई गएकी थिइन् । उनी, अडिसनबाट पास भएपछि फिल्ममा अनुवन्धित भएकी हुन् ।

For More videos Log on to Mazzako TV