बक्स अफिसमा राम्रो व्यापार गर्दै प्रदर्शन भैरहेको फिल्म ‘ऐश्वर्य’को स्पेशल शोको आयोजना गरिएको छ । २ करोड भन्दा माथिको व्यापार गरिसकेको यो फिल्म हेर्नका लागि नेपाली फिल्म क्षेत्रका केही हस्तीहरु पनि पुगेका थिए । फिल्मलाई दर्शकले रुचाएका छन् भने समिक्षकले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

फिल्म ऐश्वर्यलाई स्पेसल शोमा हेर्नका लागि अभिनेता तथा निर्देशक भुवन केसी , कलाकार बिराज भट्ट , अभिनेत्री भुवन चन्द , साम्राज्ञी राज्य लक्ष्मी शाह , रुपा राणा , निर्देशक दिनेश डिसी , मुस्कान ढकाल , द्वन्द निर्देशक राजेन्द्र खड्गी , निर्माता संघका अध्यक्ष आकाश अधिकारी , कलाकार संघका अध्यक्ष रामकेशर बोगटी , गायक हिमाल सागर , कलाकार विश्व बस्नेत , संविधानविद डाक्टर भीमार्जुन आचार्य , वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ , कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए । फिल्म हेर्ने सबै फिल्मीकर्मीले यसको मेकिङको प्रशंसा गरे ।

अभिनेता भूवन केसीले यो फिल्मको मेकिङ नै उत्कृष्ट भएको भन्दै नव–अभिनेत्री दीपिका प्रसाइको कामको प्रशंसा गरे । अभिनेत्री साम्राज्ञीले भने दीपिकाको कामको प्रशंसा गरिन् । उनले आफू अभिनेत्री केकी अधिकारीको फ्यान भएको समेत बताइन् ।

रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकार, दीपिका प्रसाई लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV