नेपाली फिल्म क्षेत्रकी अभिनेत्री नीता ढुंगानाले अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भएको एक फिल्म महोत्सवमा ‘उत्कृष्ट अभिनेत्री’को पुरस्कार जितेकी छिन् । ‘सान फ्रान्सिस्को फिल्म महोत्सव’मा नीताले ‘विदेशकी भाषी उत्कृष्ट अभिनेत्री’को अवार्ड जितेकी हुन् ।

यस्तै, उनीद्धारा अभिनित फिल्म ‘पंचायत’ले यही विधामा ‘उत्कृष्ट फिल्म’को अवार्ड जित्न सफल भयो । यो फिल्ममा नीताको भूमिका निकै सशक्त रहेको छ । ५० बर्ष अगाडिको कथामा निर्माण भएको फिल्मलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा सरोज खनाल र नीताको मुख्य भूमिका छ । अवार्ड प्राप्त गरेपछि अभिनेत्री नीता ढुंगानाले आफ्नो एउटा सपना पुरा भएको बताइन् । यो अवार्डले आफू निकै खुशी भएको भन्दै उनले फिल्म क्षेत्रमा अझै लागिपर्ने बताइन् ।

यो महोत्सवमा सहभागी हुन नीता केही दिन अगाडि अमेरिका पुगेकी थिइन् । उनले आफूले पाएको यो अवार्ड नेपाली फिल्म क्षेत्रकै जित भएको बताइन् । विश्वभरबाट आएका फिल्म र अभिनेत्रीहरुको अगाडि आफूले अवार्ड पाउँदा क्षण निकै मिठो रहेको उनको भनाई थियो ।

सानैदेखि फिल्म क्षेत्रमा सक्रिय अभिनेत्रीले अभिनय गरेका पछिल्ला केही फिल्म बक्स अफिसमा असफल भएका छन् । तर, यसले उनको करिअरलाई भने कुनै फरक पारेको छैन ।

For More videos Log on to Mazzako TV