कात्तिक २ गतेबाट रिलिज भएको फिल्म ‘रानी’को मुख्य भूमिकामा दुई नयाँ अभिनेता थिए । एकको नाम थियो सारुक ताम्राकार र अर्काको नाम थियो मनिष श्रेष्ठ । तपाइलाई जानकारी गराउ कि, सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । नेपाली फिल्म क्षेत्रमा सारुकका पिता सानुले थुप्रै बर्ष बिताएका छन् । सारुक फिल्म क्षेत्रमा उदाउनेमा सानु मात्र होइन, थुप्रै फिल्मीकर्मी आशावादी थिए ।

यस्तै, अर्का कलाकार मनिष श्रेष्ठ चर्चित अभिनेता शिव श्रेष्ठका भतिज हुन् । शिवले मनिषले फिल्म क्षेत्रमा गजबको काम गर्ने र चर्चा पाउने विश्वास गरेका थिए । तर, पहिलो फिल्म सफल नभएको खण्डमा कलाकारलाई धेरै नै अप्ठ्यारो पर्ने पक्का छ । सारुक र मनिषलाई पनि पहिलो फिल्मले नराम्रोसँग धोका दिएको छ ।

फिल्म ‘रानी’ असफल भएपछि अब सारुक र मनिषकै करिअर धरापमा परेको विश्लेषण गरिएको छ । के यी दुइले आफूलाई फिल्म बजारमा उठाउलान् त ?

For More videos Log on to Mazzako TV