फिल्म रिलिज हुन केही दिन मात्र बाँकी रहँदा ‘फाटेको जुत्ता’को निर्माताले अभिनेता दयाहाङ राइको भूमिका सार्वजनिक गरेका छन् । फिल्म प्रचारको अन्तिम अस्त्र अपनाउँदै उनले दयाहाङको रुप सार्वजनिक गरेका हुन् । निर्माता अर्जुन कुमार र निर्देशक निकेश खड्काको यो अस्त्रले कत्तीको काम गर्ने हो हेर्न बाँकी नै छ ।

कात्तिक १७ अर्थात आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको यो फिल्ममा सौगात मल्ल, प्रियंका कार्की मुख्य भूमिकामा छन् । दयाहाङ पनि फिल्ममा रहेको कुरालाई लुकाइएको थियो ।

कमेडी जनराको यो फिल्मको दयाहाङको रुपसँगै फिल्मप्रति दर्शकको कौतुहलता बढ्ने देखिएको छ । सौगात र प्रियंकासँगै दयाको यो रुपले के दर्शक हलसम्म तान्ला त ?

For More videos Log on to Mazzako TV