अभिनेत्री साम्राज्ञीराजज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिमी सँग’ को सम्पूर्ण छायाँकन सकिएको छ । अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै फिल्मको शिर्ष गीत खिचेर छायाँकन सकिएको हो । छायाँकन सकिएको खुसीयालीमा पोखरा झरेर फिल्मको टिमले केक काट्दै खुसीयाली मनाएको थियो । शिशिर राणाको निर्माण तथा निर्देशन रहेको तिमीसँग मा साम्राज्ञीराजज्य लक्ष्मी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका छ ।

पहिलो पटक फिल्म निर्देशनमा हात हालेका निर्देशक राणा पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक जस्ता क्षेत्रले पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुर्याउने विश्वास राख्छन् । ‘तिमी सँग’ को प्रदर्शन मिति तय गर्न बाँकी छ फिल्मको टिजर र दुई गीत भने सार्वजनिक भैसकेका छन् ।

 

For More videos Log on to Mazzako TV