अभिनेता नीता ढुंगानको फिल्मी करिअरलाई हेर्ने हो भने औषत मान्नुपर्छ । तर, प्रेमबाट अलग भएपछि उनको फिल्मी करिअर भन्दा पनि व्यक्तिगत जीवन भने विन्दास देखिएको छ ।

उनै, नीता अहिले अमेरिका पुगेकी छिन् । नीता अमेरिका पुगेपछि उनी अब उतै बस्ने पो हुन् कि भन्ने खालका चर्चा पनि चल्न थालेका छन् । तर, नीता पहिलो पटक अमेरिका जानुको कारण भने, एक फिल्म महोत्सवमा सहभागी हुन हो । ‘सान फ्रान्सिस्को अन्तरराष्ट्रिय फिल्म महोत्सव’मा सहभागी हुनका लागि नीता अमेरिका पुगेकी हुन् । उनी, अभिनित फिल्म ‘पंञ्चायत’को शोमा उनी सहभागी हुनेछिन् ।

नीताले भिजा भने चलचित्र संघले आयोजना गर्न लागेको ‘नेम्फा अवार्ड’का लागि एप्लाई गरेकी थिइन् । नीता संभवत यो अवार्ड सकिएपछि नेपाल फर्कनेछिन् । अहिले नेपाली कलाकारका लागि अमेरिका सहज बन्दै गएको छ । जसकाकारण, अहिले अमेरिका पुगेर तत्काल बस्ने भन्दा पनि घुमेर फर्कने कलाकारको संख्या धेरै छ ।

For More videos Log on to Mazzako TV