करिब डेढ महिना लामो ग्यापपछि अभिनेता अनमोल केसी फिल्म ‘कृ’को सुटिङमा फर्किएका छन् । अभिनेता अनमोल केसी दशै अगाडि नै फिल्मको छायांकन रोकेर अमेरिका पुगेका थिए । यसपछि, दशै र तिहारको समयमा पनि फिल्मको छायांकन हुन सकेको थिएन ।

फिल्मका द्धन्द्ध निर्देशक चन्द्र पन्तले फेसबुकमा पोष्ट गरेको तस्बिरमा अनमोल मुस्कुराएका छन् । ७ लाखको बाइकमा अभिनेता केसीले द्धन्द्धको दृश्यको छायांकन गरेको वुझ्न सकिन्छ । फिल्मको प्रदर्शन मिति अझै पनि तोकिएको छैन । माघ २६ गतेबाट फिल्म रिलिज गर्ने तयारी गरिएको छ ।

सुवास गिरी र भूवन केसीले मिलेर बनाएको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् । फिल्ममा अनमोल केसीसँगै नयाँ अभिनेत्री अदिती वुढाथोकीको मुख्य भूमिका छ । यो यो बर्षकै प्रतिक्षित फिल्मको रुपमा ‘कृ’लाई हेरिएको छ ।

For More videos Log on to Mazzako TV