किन पठाए अमिताभ बच्चनले कंगनालाई चिठी र फुल ?
पछिल्लो समयमा बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतको अभिनयलाई लिएर सबैले चर्चा गरिरहेका छन् । यसै बीच कंगना रनावतलाई यस्तो गिफ्ट प्राप्त भयो कि उनको खुशीको सिमा रहेन ।
उनको घरमा एक बिहानै फुलका गुच्छा र चिठी आयो । यो चिठी अरु कसैले नभएर बलिउडका ‘बिग बि’ अर्थात अमिताभ बच्चनले पठाउका थिए । चिठी अरु कुनै कारणले नभई, नायिका रनावतले फिल्म ‘क्वीन’मा गरेको बेजोड अभिनयको प्रशंशा गर्दै अमिताभले चिठी र फुल पठाएर नायिकाको प्रशंसा गरेका हुन् ।
अमिताभले नै चिठी पठाएर कंगनाको प्रशंसा गरेको यो कुरालाई बलिउडमा निकै सकारात्मक रुपमा लिईएको छ । कंगनाको अभिनयलाई लिएर अभिताभले मात्रै होईन ‘किंग खान’ शाहरुक, ‘मिस्टर परर्फेक्सनिष्ट’ आमिर खान, सलमान खान, रितेश देशमुख, सोनाक्षी सिन्हाले पनि खुलेरै तारिफ गरेका छन् ।
शाहरुख खानले नायिका कंगनासँग आगामी चलचित्रका लागि केही टिप्सहरु लिने पनि बताएका छन् । चलचित्र ‘क्वीन’मा कंगनाले गरेको अभिनयको प्रशंसा गर्दै सामाजिक संजालहरुमा पनि यतिबेला धेरैले शब्दहरु खर्चिईरहेका छन् ।
For More videos Log on to Mazzako TV