अभिनेत्री प्रियंका कार्की फिल्म ‘फाटेको जुत्ता’को प्रमोशनबाट गायब बनेकी छिन् । उनी, फिल्म प्रमोशन छाडेर ‘सत्रु गते’ नामक फिल्मको प्रमोशनमा हिडेकी छिन् । अहिले फिल्मको प्रमोशनमा अभिनेता सौगात मल्ल एक्लै दौडिएका छन् ।

तर, शनिबार काठमाण्डौको सिभिल मलमा आयोजना भएको ‘फाटेको जुत्ता’को विशेष कार्यक्रममा भने अभिनेत्री बर्षा राउतले फिल्म टिमलाई प्रमोशनमा साथ दिइन् । पुरानो फाटेको जुत्ता लिएर आउनेलाई नयाँ जुत्ता दिने स्किम संचालन गरेको फिल्मको निर्माण टिमसँगै बर्षा पनि रमाइन् ।

निर्माण टिमले २५० जना भन्दा बढी लक्की दर्शकलाई नयाँ गोल्डस्टार जुत्ता वितरण गरेको थियो । कात्तिक १७ गतेबाट रिलिज हुन लागेको फिल्मको प्रमोशनमा हिडेकी बर्षाको फिल्ममा भने खासै धेरै भूमिका छैन् । फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

कार्यक्रममा बर्षालाई उनी अभिनित फिल्मका गीत गाएर केही यूवाहरुले प्रेम प्रस्ताव राखेका थिए । फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV