बिहिबार छठ पर्वको बिदालाई सदुपयोग गर्दै रिलिज भएको फिल्म ‘ऐश्वर्य’ले बक्स अफिसमा सुखद कमाई गरेको छ । बिहिबार, शुक्रबार र शनिबार नै बिदा परेको हुँदा पनि फिल्मलाई फाइदा भयो ।

बिहिबार ४८ लाखको कारोबार गरेको फिल्मले शुक्रबार र शनिबार पनि सुखद कमाई गर्यो । अभिनेता रमेश उप्रेती फिल्म निर्माणमा सफल मात्र भएका छैनन् आफ्नो सुखद कमब्याक गराउन पनि सफल भएका छन् । हुनत, रमेशले अमेरिकाबाट फर्किएपछि अभिनय गरेको फिल्म ‘ब्रासलेट’ हो, तर उनले आफू निर्मित फिल्म र्‘ऐश्वर्य’लाई नै कमब्याक बताउँदै आएका छन् ।

फिल्म हेर्न दर्शक ओइरिएपछि यसका कलाकार विभिन्न हलमा पुगेका थिए । काठमाण्डौको गोपिकृष्ण हलमा कलाकार पुग्दा दर्शकले सेल्फी खिचेर माया दर्शाएका थिए । अभिनेत्री दीपिका प्रसाइको साथमा अभिनेता रमेश उप्रेती, खलपात्र प्रशान्त ताम्राकार हल–हलमा पुगेका थिए । हलमा, खलपात्र प्रशान्तसँग सेल्फी खिच्नेको भिड बढी देखियो ।

फिल्मले ३ दिनमा २ करोड माथिको ग्रस कलेक्शन गरेको बताइएपनि बास्तविक आँकडा भने सार्वजनिक भएको छैन । दिवाकर भट्टराई निर्देशित फिल्मले कात्तिक महिनालाई असफल हुनबाट जोगाएको छ ।

For More videos Log on to Mazzako TV