साउथका सुपरस्टार रजनिकांत तथा बलिउडका सुपरस्टार अक्षय कुमार अभिनित फिल्म ‘२.०’ रिलिज अघि नै महंगोमा बिक्रि भएको छ । फिल्मको स्याटलाइट अधिकार एक सय १० करोड मा बिक्रि भएको बलिउड मिडियाले उल्खेख गरेका छन् । यो रकम हिन्दी, तामिल र तेलगुको लागि भएको बताईएको छ । यसका साथै ‘२.०’ थिएट्रिकल अधिकार ८० करोडमा बिक्रि भएको निर्माण युनिटको दाबी छ ।

चार सय पचास करोडको लागानीमा निर्माण भएको फिल्मले रिलिज अघि नै दुइ सय करोड हात पारेको छ । बलिउडमा यो नै पहिलो रेकर्ड हो । फिल्ममा रजनिकांत, अक्षय कुमार लगाएत यमी जैक्सन, सुधान्सु पाण्डे, आदील हुसेन र रियाज खानको मुख्य भूमिका रहेको छ ।

For More videos Log on to Mazzako TV