नायिका केकी अधिकारी अभिनित फिल्म ‘हुर्रे’ को फस्टलुक पोष्टर आउट भएको छ । पोष्टरमा फिल्मका कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन् । यी सबै कलाकारको फिल्मी लुकलाई पनि पोष्टरमा देख्न सकिन्छ ।  ‘हुर्रे’ फागुन २५ देखि प्रदर्शनमा आउने सार्वजनिक पोस्टरमा उल्लेख छ ।

कमेडी जनराको फिल्मको लेखन तथा निर्देशन यम थापाको रहेको छ । दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’ मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ । फिल्ममा सह निर्माताको रुपमा अरुण सेदाई रहेका छन् ।

For More videos Log on to Mazzako TV