अभिनेता सौगात मल्लका कारण अहिले हलमा दर्शक झुक्किने अवस्था छ । कारण, सौगात मल्लका फिल्म एकपछि अर्को रिलिज भैरहेका छन् । तपाई, अहिले हलमा फिल्म हेर्न जानुभयो भने सौगात अभिनित २ फिल्मको ट्रेलर हेर्न पाउनुहुनेछ ।

सौगात मल्ल अभिनित फिल्म ‘फाटेको जुत्ता’ जुन कात्तिक १७ गतेबाट रिलिज हुँदैछ, सुरुमा यो ट्रेलर दर्शकले हेर्न पाउँछन् । यो ट्रेलर सकियो कि सकिएन भन्ने जान्न नपाउँदै फेरि अर्को ट्रेलर बज्छ ।

अभिनेत्री वेनिशा हमालसँग सौगातले अभिनय गरेको फिल्म ‘झ्यानाकुटी’को ट्रेलरमा पनि सौगात नै हाबी छन् । यसरि, ब्याक टू ब्याक एउटै कलाकारको ट्रेलर बज्दा दर्शक झुक्किएका छन् । उनीहरु, एउटै फिल्मको ट्रेलर हो कि अर्कै भन्नेमा नै दोधारमा छन् । कलाकार एउटै हुँदा दर्शक कन्फ्यूज हुनु परेको हो ।

For More videos Log on to Mazzako TV