बिहिबार छठ पर्वको अवसर पारेर रिलिज भएको फिल्म ‘ऐश्वर्य’ले बिदाको दिनको राम्रै सदुपयोग गरेको छ । बिहिबार यो फिल्म हेर्न काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा दर्शक भरिएका थिए । फिल्मले मल्टिप्लेक्समा बिहानी शो देखि नै ९० प्रतिशतको हारहारीको व्यापार गरेको हल संचालकहरुले बताएका छन् ।

मल्टिप्लेक्स हलहरु क्युएफएक्स , बिग मुभिज , क्युज सिनेमा , एफक्युबका साथमा गोपिकृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स लगायत मोफसलको मुख्य स्टेसन पोखरा , नारायणगढ , हेटौडा र पुर्वका स्टेसनमा हाउसफुल भएको थियो ।

वितरक डिसीएनले दिएको जानकारी अनुसार फिल्मले उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैयाको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । पहिलो दिनको फिल्मको ग्रस कलेक्सन ४८ लाख १६ हजार ६ सय ८२ गरेको छ । फिल्म हेर्न पुगेका दर्शक, पत्रकार र केही कलाकारले यसको मेकिङको उच्च प्रशंसा गरेका छन् ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, रमेश उप्रेती , प्रशान्त ताम्राकार, दीपिका प्रसाइसँगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुनजंग शाही लगायतको अभिनय रहेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको तिमि रोएको पल गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । अभिनेता रमेश उप्रेतीले फिल्मको पहिलो दिनको व्यापारबाट निकै उत्साहित भएको बताए । दर्शकले हेर्न चाहे अनुसारको फिल्म बनाएको भन्दै रमेश दंग देखिए ।

For More videos Log on to Mazzako TV