साउथ फिल्म ‘बाहुवली’ का दुबै पार्टले बक्स अफिसमा बम्पर गर्दै धेरै रेकर्ड समेत राख्यो । फिल्म हिट भए सँगै फिल्मका नायक प्रभासको समेत चर्चा चुलियो । उनलाई बलिउडमा ल्याउन पनि बलिउड फिल्म मेकरहरु लागि परे । यतिखेर प्रभास ३ भाषामा निर्माण हुने फिल्म ‘साहो’ मा काम गर्दैछन् ।


बलिउड निर्माता करण जोहरले प्रभासलाई लिएर एउटा बलिउड फिल्म बनाउने तयारी गरेका थिए । प्रभाससँग करणले कुरा समेत गरेका थिए । तर, प्रभासको महंगो पारिश्रमिक डिमाण्डका कारण ब्याक हटे ।
प्रभासले करणसँग फिल्म खेल्नका २० करोड पारिश्रमिक मागे । प्रभासको चर्को डिमाण्डपछि करणले उनीमाथि जोखिम उठाउँन नचाहेको भारतीय मिडियाले खुलासा गरेका छन् । २० करोड पारिश्रमिक बलिउडमा खान नायकहरु बाहेक अरुले माग्दैनन् । यसैले, प्रभासलाई करणले २० करोड दिन नचाहेपछि यो प्रोजेक्ट रोकिएको बताइन्छ ।

For More videos Log on to Mazzako TV