कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘मेला’ को नयाँ गीत सार्वजनिक भएको छ । बसन्त निरौला निर्देशित फिल्म ‘मेला’ मा समावेश ‘यो मुटुमा अब तिमी’ बोलको गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा नायिका अशिष्मा नकर्मी र आमेष भण्डारी फिचरिङमा छन् ।

शब्द, संगीत अर्जुन पोख्रेल रहेको गीतमा पुरुशोत्तम सवेदी र स्वेछा ठकुरीको स्वर सुन्न सकिन्छ । फिल्ममा अशिष्मा र आमेषसंगै सलोन बस्नेत, बसन्त भट्ट, निरज श्रेष्ठ लगायत कालाकारको अभिनय छ । हरि पन्तले फिल्मलाई निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV