निर्देशक शिवम् अधिकारीले फिल्म ‘विरताको चिनो २, कथा नालापानीको’ बनाउने भएका छन् । शिवम्ले सुरुमा फिल्म ‘नालापानी’ बनाउने चर्चा भएपनि पछि निर्माता रिमेश अधिकारीसँग उनको लफडा भएको थियो । यसपछि, उनले यो प्रोजेक्टबाट हात झिकेका थिए । श्याम कार्कीको प्रस्तुतीमा सुनिल लामाले यो फिल्मको निर्माण गर्नेछन् ।

यो फिल्ममा शिवम्कै कथा रहनेछ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, मणि थापाको संगीत, चन्द्र पन्तको द्धन्द्ध रहने पक्का भएको छ । यसअगाडि निर्माता श्याम कार्कीले शंकर घिमिरेलाई निर्देशकको रुपमा लिएर ‘विरताको चिनो’ नामक फिल्म बनाइसकेका छन् ।

फिल्ममा रमित ढुंगाना, गणेश गिरी, श्रीदेव भट्टराई, श्याम कार्की, सुनिल लामा, केशव सापकोटा लगायतका कलाकार फाइनल भैसकेका छन् भने केही कलाकार अडिसनबाट छानिने बताइएको छ ।

निर्देशक अधिकारीले विगत ५ बर्षदेखि नेपाल र भारत पुगेर फिल्मको बिषयमा रिसर्च गरिएको समेत जानकारी दिएका छन् । नालापानीको युद्धमा नेपाली विर सेनाहरुले देखाएको विरताको कथालाई नै फिल्ममा उठान गरिनेछ । फिल्मको छायांकन हेटौडा, सिन्धुली, काठमाण्डौमा गरिनेछ । माघबाट फिल्मको छायांकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV