यूएइको दुबईमा नेपाली सांस्कृतिक कार्यक्रम ‘शुभ यात्रा साँझ’ हुने भएको छ । ग्रिष्मा इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको ‘शुभ यात्रा साँझ’ मा नेपालबाट बिभिन्न कलाकारहरुको टोलीले प्रस्तुती दिन लागेको हो । आँउदो डिसेम्बर २२ मा हुने कार्यक्रममा गायक रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कमेडियन सन्दिप क्षेत्री र नायिका नम्रता सापकोटा सहभागी हुने भएका हुन् । बुधबार राजधनाीमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रको बारेमा जानकारी गराइयो ।

कार्यक्रममा ग्रिष्माका प्रमुख गृहेन्द्र घिमिरेले अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको बताए । टिकटको विक्री हेरेपछि कुन हलमा कार्यक्रम गर्ने भन्ने निर्णय गरिने आयोजकले बताएको छ । मनोज गोर्खाली, समिम खान र मदन अधिकारीले दुबइको व्यवस्थापन गर्नेछन् ।

For More videos Log on to Mazzako TV