अभिनेत्री अशिष्मा नकर्मीले सोलो रुपमा काम गरेको फिल्म ‘मेला’ कात्तिक २४ गतेबाट रिलिज हुँदैछ । यो फिल्मलाई लिएर अशिष्मा निकै उत्साहित देखिएकी छिन् । अशिष्माका लागि यो फिल्म विशेष पनि छ । किनकी, करिअरमा खासै लक नलागिरहेको समयमा अशिष्मा ‘मेला’बाट हिट अभिनेत्रीको रुपमा चिनिन चाहिन्छन् ।

अशिष्माको वुझाईमा यो फिल्म ३ साथीको कथामा बनेको छ । कलेज जीवन सकिएपछि पनि तिन साथीको जीवनमा आएका परिवर्तन, उतार चढावको कथालाई फिल्ममा उठान गरिएको उनको भनाई छ ।

अशिष्माका अनुसार, यो फिल्मले उनको करिअरलाई फरक पार्ने पक्कै छ । उनी भन्छिन्–‘मेलामा दर्शकले चाहेको सबै कुरा छ । साथमा कमेडी, मित्रता र वियोगको कथा पनि फिल्ममा छ । हरि पन्तले निर्माण गरेको फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा अशिष्माको साथमा सलोन बस्नेत र आमेष भण्डारी मुख्य भूमिका छन् ।

For More videos Log on to Mazzako TV