बलिउड फिल्म उद्योगमा यस वर्षको सबैभन्दा ठूलो ओपनिङ गरेको फिल्म ‘गोलमाल अगेन’ को पाँचौं सिक्वेल निर्माण हुने पक्का भएको छ । फिल्मले बक्स अफिसमा कमाल गरिरहेको बेला सिक्वेल बन्ने खुलासा भएको बलिउड मिडियाले उल्लेख गरेका हुन् । फिल्मको नाम ‘फिर गोलमाल’ हुन सक्ने बताइएको छ ।


‘गोलमाल’ को पाँचौं सिक्वेलमा करीना कपूरको इन्ट्री हुने भारतीय मिडियाको भनाई छ । ‘गोलमाल’ का सबै सिक्वेल रोहित शेट्टीले निर्देशन गरेका थिए । अब बन्ने पाचौँ पार्ट पनि उनले नै निर्देशन गर्नेछन् ।
फिल्म ‘गोलमाल अगेन’ मा अजय देवगन, परणीति चोपडा, अरशद वारसी, तुषार कपूर, कुणाल केमू, श्रेयस तलपडे, जोनी लीवर, सञ्जय मिश्रा, मुकेश तिवारी, वृजेश हिरजीको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV