सोमबार काठमाण्डौमा २ वटा फिल्मको कार्यक्रम भयो । दुबै फिल्मको मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की थिइन् । बिहान ७ बजे नै फिल्म ‘सत्रु गते’को कार्यक्रम आयोजना भएको थियो । शुभमुहुर्तका लागि सबै कलाकार र निर्माण टोली कमलादिस्थित गणेश मन्दिर पुग्दा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की भने पुगिनन् । प्रियंका बिरामी भएकाले सो कार्यक्रममा नपुगेको बताइएको थियो ।

तर, दिउँसो अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को घोषणा भयो । यो फिल्ममा अभिनेत्री मध्ये एक थिइन्, प्रियंका कार्की । बिरामी भएकाले प्रियंका सो कार्यक्रममा उपस्थित नहुने अड्कल धेरैको थियो । तर, प्रियंका सो कार्यक्रममा भने पुगिन् ।

बिहानको कार्यक्रममा बिरामी भएकी प्रियंका त्यसको ५ घन्टा पछि कसरी एकाएक कार्यक्रममा पुगिन्, सबै आश्यर्चमा पुगिन् । कि अभिनेत्रीका लागि ‘सत्रु गते’ भन्दा केकीको फिल्म विशेष लागेको त होइन ?

For More videos Log on to Mazzako TV