कतिपय फिल्म कलाकारका कारण निर्माण हुनु अगावै खुबै चर्चामा रहन्छन् । अहिले, पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण तथा अभिनय गर्न लागेको फिल्म ‘अनुराग’ पनि सोही कारणले चर्चामा छ ।

यो फिल्मको चर्चा हुनुको पछाडि अभिनेताहरु निकालिनु र भित्रनु हो । मोडल दीपक घिमिरे निकालिएपछि भित्रिएका पल शाहले पनि फिल्म छाडे । पलले १८ लाख पारिश्रमिक मागेको र फिल्मको निर्माताले दिन पनि तयार भएको खबर सार्वजनिक भएको थियो । तर, अभिनेता पल शाहले फिल्म छाड्नुको कारण टिम मन नपरेर बताएका छन् ।

फिल्म ‘सत्रु गते’को मुहुर्तमा भेटिएका पलले आफूलाई कथा मन परेपनि यसको टिम मन नपरेको बताए । साथै, उनले फिल्मको कथा अनुसार फिल्म नै बन्दैन भन्ने लागेर छाडेको बताएका छन् । पलले, पैसा नै सबैथोक नभएको र आफूले मागेजती पैसा पाएको पनि स्पष्ट पारेका छन् ।

सत्यराज चौलागाइले निर्देशन गर्न लागेको यो फिल्मको अब नयाँ अनुहार समुन्द्र पण्डितलाई लिएर छायांकन प्रारम्भ गरिदैछ ।

For More videos Log on to Mazzako TV