अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको घोषणा गरिएको हो । नायिका तथा निर्मात्री केकीले सृजनालाई शक्ति मान्दै फिल्म निर्माणमा हात हालेको बताइन् । केकीको पहिलो फिल्मबाट निर्देशकमा डेब्यु गर्दैछन् विशाल भण्डारी । म्युजिक भिडियो निर्देशक भण्डारीको ‘कोहलपुर एक्सप्रेस’ पहिलो निर्देशकिय फिल्म हो ।

फिल्म ‘कोहलपुर एक्सप्रेस’ मा केकीसंगै नायिका प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सृजना कार्की र कुसाग्र भट्टराईको मुख्य भूमिका रहनेछ । शान बस्न्यातको लेखन रहेको फिल्ममा अर्जुन तिवारीको छायाँकन, राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत रहनेछ । नृत्य निर्देशन गम्भिर विष्टले गर्नेछन् । कात्तिकको दोश्रो सातादेखि फ्लोरमा जाने फिल्मको सम्पूर्ण जसो छायाँकन नेपालगञ्जमा हुनेछ ।

For More videos Log on to Mazzako TV