विरगञ्जमा २ साता र बाँकी छायांकन काठमाण्डौमा गर्ने गरि फिल्म ‘सत्रु गते’को छायांकन सुरु गरिएको छ । फिल्म छायांकनका लागि निर्माण र कलाकारको टोली विरगञ्ज प्रस्थान गरेका छन् । ५० दिनको सेड्यूल बनाएर तिहारपछि फिल्मको छायांकन सुरु गरिएको हो ।

मह संचारको प्रस्तुतीमा कलाकार किरण केसीले निर्माण गर्न लागेको फिल्मको निर्देशक प्रदिप भट्टराइ हुन् । डार्क कमेडी बिषयमा फिल्म निर्माण हुने प्रदिपले बताएका छन् । फिल्मको सोमबार काठमाण्डौको कमलादीमा रहेको गणेश मन्दिरमा शुभमुहुर्त गरिएको हो । क्यामेरा पूजा गर्दै कलाकार र निर्माण यूनिटले फिल्मको मुहुर्त गरे ।

यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा मुख्य भूमिकामा छन् ।
फिल्मको प्रदर्शन मिति चैत्र ९ गतेलाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV