अभिनेत्री स्वेता खड्काले आफू निर्मित तथा अभिनित फिल्म ‘कान्छी’को छायांकन सकेकी छिन् । यो फिल्मको छायांकन करिब ५० दिनसम्म गरिएको स्वेताको भनाई छ । फिल्मलाई मुस्ताङ, उपल्लो मुस्ताङ, जोमसोम र काठमाण्डौमा खिचिएको छ । यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

फिल्ममा स्वेता खड्का, दयाहाङ राई, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको छायांकन लक्ष्मीपूजाको दिनमा सकिएको हो । स्वेताले फिल्मको छायांकन सकिएपछि आफ्ना स्वर्गिय पति श्रीकृष्ण श्रेष्ठलाई पनि संझिएकी छिन् ।

उनले फिल्म माघ २६ गतेबाट रिलिज हुने जानकारी समेत दिएकी छिन् । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको र आफ्नो दक्ष र गक्ष अनुसार काम गरेको स्वेताको भनाई छ ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । मुस्ताङमा बसोबास गर्ने एक यूवतीको कथालाई फिल्मले कमेडी र गम्भिर शैलीमा उठान गरेको छ ।

For More videos Log on to Mazzako TV