१० लाखको सेटमा खिचिएको ‘हसियाँ’को आईटम गीत यस्तो छ ।
चलचित्र ‘हसियाँ’को आईटम गीत रिलिज गरिएको छ । करिब १० लाख खर्च गरेर गीतका लागि भब्य सेट बनाईएका कारण पनि गीतको भिडियो कस्तो बनेको होला ? भन्ने उत्सुकता सबैमा रहेको थियो ।
बालाजुस्थित एनएफडिसीमा भब्य सेट बनाएर गीतको सुटिङ्ग गरिएको हो । गीतको कोरियोग्राफी रेनशा राईले गरेकी हुन् ।
निलम आङ्बुहाङ राईको शब्द तथा कल्याण सिंहको संगीत रहेको आइटम गीतमा शिवानी मोक्तानले स्वर दिएकी छिन् । गीतको भिडियोमा हेमा श्रेष्ठ र प्रियंका कार्कीलाई देख्न सकिन्छ ।
एक्सन प्रधान चलचित्र ‘हसियाँ’मा मुख्य पात्रको रुपम हेमालाई देख्न पाईनेछ । हेमाका अलावा चलचित्रमा महानायक राजेश हमाल, अनुप बिक्रम शाही लगायत कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।
यसअघि रिलिज गरिएको प्रोमोबाट ‘हसियाँ’का निर्देशक मिलन चाम्सले राम्रो प्रतिक्रिया पाएका थिए । प्रोमो झै गीतले पनि राम्रो प्रतिक्रिया पाउनेमा उनि निकै आशावादी देखिएका छन् ।
चलचित्र ‘हसियाँ’लाई दुर्गा घलेले निर्माण गरेका हुन् । फिल्मलाई रामकुमार केसीले खिचेका हुन् । एक्सन प्रधान चलचित्र ‘हसियाँ’को एक्सन डाईरेक्सन भने राजकुमार उप्रेतीले गरेका हुन् । चलचित्र जेठ ९ गतेबाट अलनेपाल रिलिज हुदैछ ।