बक्स अफिसमा बिहिबारको दिनबाट २ नेपाली फिल्म रिलिज भएका छन् । तिहारको बिदा भएकाले पनि बिहिबार नै नेपाली फिल्म रिलिज भएका हुन् । अभिनेत्री रेखा थापाको महत्वकांक्षी फिल्म ‘रुद्रप्रिया’ बिहिबारबाट देशभरका पर्दामा रिलिज भएको छ । कुनै बेलाको हिट जोडी आर्यन सिग्देल र रेखा थापा यो फिल्ममा करिब ८ बर्षपछि पर्दामा देखिएका हुन् । यसैले, पनि यो फिल्म दर्शकका लागि विशेष हुनेछ ।

सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन इशानको मुख्य भूमिका छ । एसिड आक्रामणमा परेकी एक महिला र उसले जिन्दगीमा भोगेको कथालाई फिल्ममा उठान गरिएको छ ।

यस्तै, आजैबाट फिल्म ‘रानी’ पनि रिलिज भएको छ । दयाराम दाहालको निर्देशनमा तयार भएको लभस्टोरी कथामा मलिना जोशी शिर्ष भूमिकामा छिन् । साथमा, अनुपविक्रम शाही, सारुक ताम्राकार, मनिष श्रेष्ठ यो फिल्ममा मुख्य भूमिकामा छन् । ३ यूवाको रानीसँगको प्रेमलाई फिल्मको पर्दामा देखाइएको छ ।

For More videos Log on to Mazzako TV