अधिकांश अभिनेत्रीको करिअर बिहेपछि असफल हुन्छ भनिन्छ । बिहे गरेपछि धेरै अभिनेत्रीलाई दर्शकले पत्याउदैनन् पनि भनिन्छ । नेपालमा मात्र होइन, बलिउडमा पनि बिहेपछि अभिनेत्रीहरु असफल भएका उदाहरण धेरै छन् ।

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रोमियो’को टिम पनि अहिले नीशाको बिहेका कारण फिल्मलाई असर पर्ला कि नपर्ला भन्ने सोचमा छ । कारण, यही फिल्म नै हो जुन निशाको बिहेपछि पहिलो रिलिज हुँदैछ । शंकर कार्कीको निर्देशनमा तयार भएको यो फिल्ममा मेलिना मानन्धर, हसनराजा खान, ओसिमा बनुको पनि मुख्य भूमिका छ । फिल्ममा नीशा ‘कल गर्ल’को भूमिकामा देखिएकी छिन् ।

फिल्मको ट्रेलर र गीत अहिले हिट भैसकेको छ । नीशा पनि यो फिल्मको व्यापार पर्खिरहेकी छिन् ।

For More videos Log on to Mazzako TV